नेपाल टेलिकमले सात दिनका लागि रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ । बुधबार १२ बजेदेखि सुरु भएको यो सेवा सरकारले तोकेको लकडाउनको अवधिभरका लागि मात्र हुने टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।
लकडाउनको अवधि बढेमा बोनस अवधि पनि स्वतः बढ्ने उनले बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस दिन निर्देशन गरे लगत्तै यो व्यवस्था भएको हो ।
रिचार्ज बराबरको बोनस लकडाउनको अवधिभर नसकिए स्वतः काटिनेछ ।