पूर्वप्रधानमन्त्री तथा समाजवादी दलका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरसका कारणले ‘लकडाउन’ अझ बढ्न सक्ने भन्दै सरकारलाई ‘भोक भाइरस’को बन्दोबस्ती गर्न आग्रह गरेका छन् ।
बुधवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डाक्टर भट्टराईले ज्यालादारीमा गुजारा गर्नेहरू र अशक्तहरूका निम्ति तुरुन्त आर्थिक प्याकेज घोषणा हुनुपर्ने जनाएका छन् ।
‘देशको लकडाउन ७ दिनभन्दा बढी लम्बिनसक्छ, अतस् कोरोनाभाइरस सँगसँगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं,’ उनले लेखेका छन्, ‘ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्यो । संघको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ !’
देशको लकडाउन७ दिनभन्दा बढी लम्बिनसक्छ!अत: कोरोनाभाइरस संगसंगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं।ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूकोनिम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्यो!संघको वित्तीय दायित्व,प्रदेशको अनुगमन,स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ!
— Baburam Bhattarai (@brb1954) March 25, 2020