भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत भारतका ८० करोड बासिन्दालाई आगामी तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ । पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल भारत सरकारले तीन महिनासम्म निशुल्क दिने भएको हो ।
त्यस्तै, भारत सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ । बढ्दो संक्रमणका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन सातासम्म लकडाउनको घोषणा गरेका छन्।
भारतमा अहिलेसम्म कोरोना संक्रमणका ६ सय ८० बिरामी भेटिइसकेका छन् भने १३ जनाको ज्यान गइसकेको छ ।