लण्डनमा तीन दिनअघि निधन भएका ४० वर्षीय प्रशान्त अर्यालको कोरोना भाइरसका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
लण्डनबाट अर्याल उपचाररत रहेको अस्पताललाई उद्धृत गर्दै पत्रकार भगीरथ योगीले दिएको जानकारीअनुसार निधनको ७२ घन्टापछि उक्त अस्पतालले कोरोना भाइरसका कारण उनको निधन भएको पुष्टि गरेको हो ।
चितवन बसेनीका ४० वर्षीय अर्याल लण्डनको साउथ इस्ट क्षेत्रमा बस्थे । शनिबार बिहान अचानक अस्वस्थ भएका स्थानीय क्विन एलिजावेथ अस्पताल पुर्याइएका अर्यालको सोमबार निधन भएको थियो। अर्याल श्रीमती तथा एक छोरा र एक छोरीसहित लण्डनमा बस्दै आएका थिए ।
यसअघि लण्डनकै ह्यारोका ६५ वर्षीय लीलाबहादुर राईको पनि कोरोना भाइरसका कारण निधन भएको थियो। ६५ वर्षीय राई भूतपूर्व गोर्खा सैनिक थिए ।