कोरोना भाइरस अन्तिम चरणमा आएको नोबेल पुरस्कार विजेता लेभिटको खुलासा

नोबेल पुरस्कार विजेता माइकल लेभिटले विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस चाँडै समाप्त हुने भविष्यवाणी गरेका छन् । स्ट्यानफोर्ड युनिभर्सिटीका बायोफिजिसिस्ट तथा नोबेल पुरस्कार विजेता माइकल लेभिटले यस्तो भविष्यवाणी गरेका हुन् ।

सामाजिक दुरी कायम गर्नाले हालको समयमा महामारीसँग जुझ्नका लागि आवश्यक भएको उनले बताएका छन् । रसायन विज्ञानमा २०१३ मा नोबेल पुरस्कार जितेका उनले यो भन्दा पहिले पनि चीनमा महामारीको भविष्यवाणी गरेका थिए ।



चीनमा यो महामारीले विनाशकारी प्रकोप लिएर आउने भविष्यवाणी समेत उनले गरेका थिए । माइकल लेभिड त्यही व्यक्ति हुन् जसले चीनमा सवा ३ हजार मानिस मारिने भविष्यवाणी गरेका थिए ।

सम्बन्धित समाचार