गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ मध्य रातमा कोरेन्टाइनको अवलोकन गर्न पुगेका छन । विहीबार रातको समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्वा गुरुङ पोखराको मालेपाटनमा रहेको क्वारेन्टाइनमा पुगेका हुन ।
बिभिन्न क्षेत्रबाट कोरोना नियन्त्रणका लागि केही व्यक्तिहरु मालेपाटनको क्वारेन्टाइनमा छन् । उनीहरुको अवस्था बुझ्न र आवश्यक सहयोगको लागि मुख्यमन्त्री उक्त ठाउँमा पुगेका हुन् । पछिल्लो समय विश्व माहामारीको रुपमा रहेको कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयास हरतबरबाट भइरहेका छन् । यसको संक्रमण थप बढ्न नदिनका लागि देश नै लकडाउन गरिएको छ ।
क्वारेन्टाइन र आइसोलेशन देशका बिभिन्न ठाउँमा तय गरिएका छन् । क्वारेन्टाइनमा रहकाहरुले प्रदेश सरकारलाई धन्यवाद दिए भने सरसफाई, नियमित चेक, सेनिटाइजर लगायतको माग समेत मुख्यमन्त्री समक्ष राखेका थिए ।