कोरोना भाइरसको महामारीबाट विश्वमा आइलागेको संकटबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिंगबीच टेलिफोन कुराकानी भएको छ।
कोरोना भाइरसको सुरुवात गत डिसेम्बरमा चीनको वुहान शहरबाट भएको थियो र ट्रम्पले त्यसलाई ‘चिनियाँ भाइरस’को संज्ञा दिएका थिए । तर अहिले अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबारे चीनको प्रशंसा गरेका छन् ।
‘भर्खरै चीनका राष्ट्रपति सीसँग महत्वपूर्ण कुराकानी भयो। कोरोनाभाइरसको बारेमा विस्तृत छलफल गरियो । चीनले अहिलेसम्म भाइरसबारे उत्कृष्ट समझदारी विकसित गरेको छ । हामी साथ मिलेर काम गरिरहेका छौँ । ट्रम्पले ट्विट गरेका छन् ।
Just finished a very good conversation with President Xi of China. Discussed in great detail the CoronaVirus that is ravaging large parts of our Planet. China has been through much & has developed a strong understanding of the Virus. We are working closely together. Much respect!
— Donald J. Trump (@realDonaldTrump) March 27, 2020