फ्रान्सको पेरिसमा १६ वर्षिया किशोरीको कोरोना भाइरसका कारण ज्यान गएको छ। सामान्य खोकी लागेपछि तीन दिन अघि उनी परिवारलाई लिएर स्थानीय अस्पताल पुगेकी थिइन् ।
ती अस्पतालबाट रिफर भएकी जुली एको नेकर अस्पतालमा ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्। फ्रान्समा कोरोनाका कारण ज्यान गुमाउने जुली सबैभन्दा कम उमेरकी हुन् ।
अस्पतालले भनेको छ( जुलीमा सामान्य स्वासप्रश्वास समस्या हुनुअघि कुनै रोग थिएन । जुलीको मृत्युपछि उनकी दिदी मेननले कोरोनाले वृद्धवृद्धाको मात्र ज्यान लिन सक्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएकी छिन् ।