कोरोनाभाइरसको त्रास : झापाका अस्पतालले उपचार नै नगरी फर्काउन थाले बिरामी

कोरोना भाइरसको संक्रमणका कारण बिश्व नै आतंकित भैरहेको अवस्थामा झापाका निजी अस्पतालले अस्पताल पुगेका बिरामीलाई उपचार गर्नुको साटो थर्काएर गेटैबाट फर्काउने गरेको खुलेको छ ।

देशभर लकडाउनका कारण हिडडुल समेत बन्द भइरहेको अवस्थामा झापाको बिर्तामोडमा संचालित अधिकांश निजी अस्पतालले बिरामीलाई उपचारै नगरी फर्काउन थालेका हुन् ।



झापाको बिर्तामोडमा संचालित मनमोहन, बिर्तासिटी, अञ्जली, ओमसाई पाथिभरा र भद्रपुरको सरकारी अस्पताल मेची अञ्चल अस्पताल लगायतले आकस्मिक उपचारका निम्ति अस्पताल पुगेका बिरामीलाई गेटबाटै फर्काएका छन् ।

सम्बन्धित समाचार