चीनले विदेशहरुलाई विक्रि गर्ने तथा अनुदानमा दिने कारोना भाइरस परीक्षण गर्ने किट नक्कली भएको खुलासा भएको छ ।
तेस्रो मुलुकमा पठाएको भाइरस परीक्षण गर्ने किट नक्ली भएको स्पेनका स्थानीय संचारमाध्मले जनाएका छन् । चीनले दिएको किट स्पेन सरकारले बिहीबार फिर्ता गरेको बताएको छ ।
कोभिड–१९ परीक्षण गर्ने किट घरेलु उत्पानबाट बनाइएको हुन सक्ने उनीहरुको ठहर छ । स्पेनको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनबाट आयात गरेको किट कुनै काम नलाग्ने भएकोले फिर्ता गर्न बाध्य भएको बताइएको छ ।
भाइरस परीक्षण गर्ने गलत किट भएकै करण स्पेनमा ४ हजार मानिसको मृत्यु भएको दाबी स्थानीय संचारमध्यमहरुले गरेका छन् । स्पेनको स्वास्थ्य आपतकालीन विभाग प्रमुख, फर्नांडो साइमनले आफ्नो दैनिक ब्रीफिंगमा भाइरस परीक्षणका लागि ल्याएको किट काम नलाग्ने भएपछि प्रदायकलाई फिर्ता पठाइएको बताए । यद्यपि उनले कम्पनीको नाम लिन भने चाहेनन् ।
स्पेनका एक लेखक ब्रुनो म्याकसकाले चीनबाट खरिद गरेका ६ लाख ४० हजार परीक्षण किट नक्कली र काम नलाग्ने भएको आफनो ट्वीट मार्फत संदेश प्रवाहा गरेका छन् । केहिदिन अगाडी चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्वारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको दाबी गरेको थियो ।