उपचार त परको कुरा तातोपानी समेत पाइँन: कोरोना सङ्क्रमित युवक

धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएका कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित युवकले उपचार नपाएको गुनासो गरेका छन् । ३४ वर्षीय युवकले आफ्नो अवस्था समान्य रहेको तर कोरोना सङ्क्रमणको पुष्टि भएपछि स्वास्थ्यकर्मी उपचार कक्षमै नै नआएको बताएका हुन् ।

उनले तातोपानी समेत नपाएको दुखेसो गरेका छन् । शुक्रबार साँझदेखि स्वास्थ्यकर्मी उनको नजिक समेत नगएको युवकले बताए ।
दुबईबाट फर्किएका उनलाई गएको चैत्र ११ गतेदेखि आइसोलेशनमा राखिएको थियो । उनले आफू बाँच्न चाहेको र आफ्नो उपचार गरिदिन स्वास्थ्यकर्मीसँग आग्रह गरेका छन्।



कोरोनाको सङ्क्रमण भेटिएपछि उनका परिवारका सदस्यलाई पनि शनिबार अस्पताल ल्याइएको छ ।

सम्बन्धित समाचार