कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको ‘लकडाउन’को उल्लघंन गर्ने ५५ महिला र १५५ जना पुरुषलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आइतबार एकाबिहानै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले हिजो दिनभर उपत्यकामा ‘लकडाउन’ उल्लघंन गर्ने करिब ५ सय जनालाई नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी कार्यलय, रानीपोखरी(मेट्रो) प्रहरी प्रमुख डिआईजी विश्वराज पोखरेलले आजबाट ‘लकडाउन’को उल्लघंन गर्नेलाई नयाँ तरिकाले नियन्त्रणमा राख्ने बताएका छन् ।
डिआईजी पोखरेलले अब ‘लकडाउन’ उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राख्ने बताए । उनले यसक्रममा नियन्त्रणमा परेकालाई उचित दुरी मिलाएर दुई घण्टा राखेर ब्रिफिङ् गरेर छाड्ने जानकारी दिए । यसैगरी प्रहरीले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नागरिकसमक्ष आग्रह गरेको छ ।