बिरालोमा पनि भेटियो कोरोना भइरसको संक्रमण

बेल्जियममा एउटा बिरालो कोरोना भइरसबाट संक्रमित भएको फेला परेको छ । कोरोना भाइरस संक्रमित आफ्नो मालिकबाट बिरालो पनि संक्रमित भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिक कोभिड–१९ बाट संक्रमित भएको एक हप्तापछि बिरालोमा पनि यसको लक्षणहरु देखिएको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिए ।



बिरालोमा कोभिड–१९ को संक्रमण भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुईवटा कुकुरमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

‘बिरालोमा झाडापखाला, वान्ता र श्वास प्रश्वासको समस्या देखिएको थियो । अध्ययनकर्ताले बिरोलोको दिसामा कोभिड–१९ को भाइरस फेला परेका थिए,’ प्राध्यापक स्टेभन भान गाउचले भने । बिरालो र उनका मालिकको स्वास्थ्य अवस्थाबारे थप जानकारी दिइएन ।

सम्बन्धित समाचार