विशेष राहतको कार्यक्रम घोषणा गर्न मन्त्रीपरिषद्को बैठक बस्दै

मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । बैठकले कोरोना भाइरस प्रभावितका लागि विशेष राहतको कार्यक्रम घोषणा गर्ने भएको छ।

मन्त्रीपरिषदको बैठक बस्नुभन्दा अगाडि अपरान्ह १ बजे नोभल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक बस्नेछ । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरेको थियो ।



समन्वय समितिको बैठकले राहतका सबै कार्यक्रमहरू तय गर्नेछ । त्यसपछि बस्ने मन्त्रीपरिषद् बैठकले छलफलबाट राहत कार्यक्रमको निर्णय गर्नेछ। राहतका लागि मन्त्रीपरिषद् बैठकले नै निर्णय गर्नुपर्ने भएकाले मन्त्रीपरिषद्को बैठक बस्न लागेको हो।

सम्बन्धित समाचार