लकडाउन लम्ब्याउने सरकारको तयारी

मंगलबारदेखि नेपाललाई लकडाउन गरेको सरकारले यसलाई अझ बढाउने तयारी गरेको छ । लकडाउनपछि अरू तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि न्यूनतम आवागमन खुलाउँदै लकडाउन बढाउने तयारी भएको हो । मुलुक लकडाउनमा जाँदा पनि संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्तो निर्णय गर्न लागेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले दिउँसोका विकसित घटनाक्रम नियाल्दै बेलुकासम्म केही न केही सूचना दिइने जानकारी दिए । भोलि सोमबारसम्म मुलुक लकडाउनमै छ । लम्ब्याउने कि नलम्ब्याउने भन्ने सोमबार दिनभरिमा निर्णय दिइने उनले बताए ।



न्यूनतम आवागमन खुला गर्ने उच्चस्तरीय समितिको निर्णयलगत्तै शनिबार ९६४ पर्यटकको उद्धार गरिएको छ । मंगलबारदेखि मुलुक लकडाउनमा परेपछि ताप्लेजुङ, सोलुखुम्बु, कास्की र मुस्ताङमा अलपत्र परेका ९६४ जना जर्मनी, फ्रान्स र रसियाका नागरिकलाई उद्धारपछि सम्बन्धित मुलुक पठाइएको छ ।

सम्बन्धित समाचार