प्रसिद्ध अभिनेताले कोरोनाविरुद्ध लड्न ४० करोड सहयोगको घोषणा

बलिवुड अभिनेता अक्षय कुमारले कोरोनाविरुद्ध लड्न २५ करोड भारतीय रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । अक्षयकुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्माण गरेको पीएम-केयर्स कोषमा आफ्नो बचतबाट २५ करोड घोषणा गर्ने घोषणा गरेका हुन् ।

सो घोषणा गर्दै उनले भनेका छन् –‘यो यस्तो समय हो जब हाम्रा मानिसहरु आफ्नो जरुरतको ख्याल राख्नु सबै भन्दा अहम छ । म आफ्नो बचतबाट २५ करोड रुपैया पीएम(केयर्स कोषमा दिने जानकारी गराउदछु ।’



यस अघि प्रधानमन्त्री मोदीले पीएम-केयर्स कोष को घोषणा गर्दै सबैलाई सो कोषमा सहयोग गर्न आव्हान गरेका थिए ।

सम्बन्धित समाचार