राहत घोषणा नगरेपछि बाबुरामको आक्रोशः ‘अधम सरकार खबरदार !’

कोरोना भाइरससँग जुध्न मुलक लकडाउन गरेको सरकारले विपन्न वर्गका लागि राहतको प्याकेज नल्याएपछि पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आक्रोश व्यक्त गरेका छन् । राहतको घोषणाका लागि चिच्याएर आग्रह गर्दा समेत नुसन्ने सरकारलाई डा. भट्टराईले अधमको संज्ञा दिएका छन् ।

‘उत्तम मान्छेले आफैले जानेर गर्छ रे ! मध्यमले अरूले भनेको मानेर गर्छ रे ! अधमले आफू पनि जान्दैन अरूले भनेको पनि मान्दैन रे । दिनहुँ ज्यालामजदूरी नगरे साँझविहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको बेला राहत दिनुपर्यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको होरु ’ बाबुरामले प्रश्न गर्दै भनेका छन्, ‘खबरदार!’

सम्बन्धित समाचार