कोरोना अस्पताल निर्माण गर्न गोर्खा सैनिक परिचालन

बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्न थालेपछि लण्डनमा आपतकालीन अस्पताल निर्माण गर्न गोर्खा सैनिक परिचालन गरिएको छ। लण्डनको एक्सलमा निर्माणाधीन सो अस्पतालमा कोरोना बिरामीलाई उपचार गर्न ४ हजार बेड तयार पारिँदैछ।

बेलायतको कमनवेल्थ फोर्सका अनुसार अस्पताल निर्माणका लागि क्वीन गोर्खा इञ्जिनियर परिचालन गरिएको हो। एक सातामा निर्माण सम्पन्न गर्ने गरी गोर्खा सैनिकले काम थालिसकेका छन्। उनीहरुले कडा मिहिनेत साथ काम गरिरहेको सेनाले जनाएको छ।



सन् १९४८ देखि बेलायती सेनामा गोर्खा इञ्जिनियरहरुले छुट्टै सेवा दिँदै आएका छन्। यसअघि पनि बेलायतले आपतकालमा गोर्खा डिभिजनल ईन्जिनियरलाई विभिन्न ठाउँमा परिचालन गर्ने गरेको थियो।

नेपालीलाई घरभित्रै बस्न राजदूतको आग्रह

बेलायतमा कोभिड—१९ बाट ज्यान गुमाउनेको संख्या १ हजार १९ पुगेको छ, संक्रमितको संख्या १७ हजार ८९ छ। कोरोना फैलिन नदिन सोमबारदेखि वेलायत लकडाउन गरिएको छ। सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेको छ।

यसैबीच बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले बेलायतवासी नेपालीलाई घरैमा सुरक्षित रहन अपिल गरेका छन्। बेलायतमा कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट दुई जना नेपालीको मृत्यु भएपछि राजदूत सवेदीले नेपालीहरुलाई शनिबार व्यक्तिगत सन्देश पठाएका हुन्।

सम्बन्धित समाचार