कोभिड-१९ को लक्षण देखिएका युवकको बुटवलमा मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रण भएको आशंकामा कोरोना विशेष अस्पताल बुटबलमा भर्ना भएका एक जना युवकको आइतबार बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार उनी बिहीबार अस्पताल भर्ना भएका थिए ।

चैत ८ गते दुबईबाट नेपाल आएका उनको ‘थ्रोट स्वाब’को नमूना परीक्षाका लागि आइतबार बिहान मात्रै काठमाडौँ पठाइएको छ। उनको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको केहीबेरमै उनको मृत्यु भएको हो ।



रुपन्देही सैनामैना नगरपालिकाका ती युवक दुबईमा ट्याक्सी चलाउँथे । ज्वरो, श्वासप्रश्वासमा समस्या, घाँटी दुख्नेलगायत समस्या देखिएपछि उनी बिहीबार अस्पताल भर्ना भएका थिए । यद्यपि अस्पतालले चार दिनपछिमात्र उनको नमूना परीक्षणका लागि टेकु पठाएको छ ।

सम्बन्धित समाचार