कोरोनाबाट मृतकको संख्या ३४ हजार नजिक, संक्रमितको संख्या ७ लाख नाघ्यो

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ हजार ९ सय पुगेको छ । त्यस्तै संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ। संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ।

स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ । अमेरिकामा हिजो १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ ।



अमेरिकामा हिजो २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ। संक्रमितको संख्या तिब्र गतिमा बढेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहाँ सामाजिक दूरीको आदेश आगामी एक महिनाका लागि थप गरेका छन ।

इटलीमा हिजो ७ सय ५६ जनाको मृत्यु भएको छ । ५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । योसँगै मृत्यु हुनेको संख्या इटलीमा १० हजार ७ सय नाघेको छ । संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ ।

जर्मनीमा संक्रमितको संख्या ६२ हजार पुगेको छ भने फ्रान्समा ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वभर कोरोना भाइरसबाट आइतबार झण्डै ३ हजार मानिसको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार