सुन आयात अब दैनिक १० किलो मात्रै, न्यूनतम रकम सटहीको सुविधा दिइने

सुनको आयात अब दैनिक १० किलोमात्रै गर्न पाइने भएको छ । यसअघि सुनको आयात दैनिक २० किलो हुने गरेको थियो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सुनको आयात अब १० किलो मात्रै गर्न पाइने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

यस्तै सरकारले ६० लाखभन्दा बढी मूल्य पर्ने सवारीसाधनको आयातमा पनि रोक लगाउने निर्णय गरेको छ । ५० हजार डलर (हालको विनिमय दर अनुसार ६० लाख रुपैयाँ) भन्दा माथिका सवारीसाधन आयात गर्न नपाइने निर्णय गरिएको खतिवडाले बताए ।



यस्तै मरिच, सुपारी, केराउजस्ता वस्तुहरू आयात गर्न नपाइने पनि सरकारले निर्णय गरेको छ । यसैगरी विदेशमा रहेका नेपाली विद्यार्थीहरूलाई खर्चको अभाब नहोस् भनेर न्यूनतम रकम सटहीको सुविधा दिइने पनि सरकारले निर्णय गरेको छ ।

सम्बन्धित समाचार