कोरोना भाइरस संक्रमणका कारण नेपाली भाषी महिलाको मृत्यु

भारत पश्चिम बंगालको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेजमा भर्ना भएकी एक जना नेपाली भाषी महिलाको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

उनी कालिम्पोङ निवासी हुन् । ४४ बर्षिया ती महिला केही समय अघि भारतको चेन्नइ गएकी र फर्केर आए लगत्तै कोरोना भाइरस संक्रमणका लक्षणहरु देखा परेपछि नर्थ बंगाल मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।



गत शनिवार प्राप्त उनको रिपोर्टमा कोरोना भाइरस संक्रमण भएको उल्लेख गरिएको थियो । उनी गत मार्च ७ तारिक चेन्नइ गएर मार्च १९ तारिक कालिम्पोङ फर्किएकी थिइन् । ती महिलाको मृत्यु भएपछि उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राख्ने प्रयास भइरहेको भारतीय सञ्चार माध्यम द हिन्दुले जनाएको छ।

पूर्वी नेपालको सीमासंग जोडिएको पश्चिम बंगालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि कोलकातामा ५७ बर्षिया पुरुषको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार