लकडाउन उल्लंघन गरेको भन्दै सिलिण्डर बोकाएर कारबाही गरिएको घटनामा प्रहरीको छानबिन सुरु

आइतबार सामाजिक सन्जालमा एउटा तस्विर भाइरल भएको थियो । तस्विरमा एक व्यक्ति सिलिण्डर काँधमा राखेर बसिरहेका देखिन्छन् भने अगाडि एक जना महिला प्रहरी छिन् ।

लकडाउनको उल्लंघन गरेर प्रहरीले ती व्यक्तिलाई काँधमा सिलिण्डर बोकाएको अनुमान लगाउन गाह्रो भएन र यहिरुपमा यो तस्विर सामाजिक सन्जालमा भाइरल हुन पुग्यो । तस्विरले गर्दा प्रहरीको आलोचना भएको छ ।



अत्यावश्यक मानिने ग्याँसको सिलिण्डर बोकिरहेकालाई कारबाही गरिएको भन्दै भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आवश्यक छानबिन सुरु भएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले घटनामा दोषी पाइए आफ्ना कर्मचारीलाई कारबाही हुने बताए ।

उनले भने( हामी यो घटना कहाँ को हो र वास्तविकता के हो भनेर बुझ्दै छौँ । त्यसपछि हाम्रो तर्फबाट गल्ती भएको पाइए कर्मचारीलाई आवश्यक कारबाही हुन्छ । प्रहरीले सोमबारदेखि लकडाउन उल्लंघन गर्दै अनावश्यक घरबाहिर निस्कनेलाई दुई घण्टासम्म एकै ठाउँमा उभ्याएर कारबाही गर्न थालेको छ ।

सम्बन्धित समाचार