विवेकशील नेपाली पार्टीले कोरोना महामारीसँग जुध्न ‘नागरिक सहायता कक्षा’ स्थापना गरेको छ । दलका संघीय अध्यक्ष मिलन पाण्डे संयोयजक र नेतृ रञ्जु दर्शना सहस्योजक रहेको समन्वय समिति मार्फत नागरिकहरुलाई सहायता दिने काम भइरहेको छ ।
विवेकशीलले ९८४३९३३८०५ नंबरको हटलाईन सेवा पनि सुरु गरेको छ । यही नंबरको भाईबर, ह्वाट्सएप र मेसेन्जर कल या म्यासेज पठाउन सक्ने व्यवस्था मिलाईएको छ ।
‘खाद्यान्न आपूर्तिमा सहयोग’
विवेकशील नेपालीले काठमाण्डौँ भित्र खाद्यान्न आपूर्तिका लागि मालवाहक गाडी (Van) र सो सञ्चालनको अनुमति लिइ आजैबाट अप्ठ्यारोमा परेका नागरिकको लागि घरमै खाद्यान्न पुर्याईदिने व्यवस्था मिलाएको दलका सञ्चार विभाग प्रमुख आलोक सुवेदीले बताएका छन् । हटलाईनमै आपूर्ति समस्याबारे जानकारी गराउन सकिनेछ ।
‘गर्भवती महिलालाई तुरुन्तै सहयोग’
विवेकशील सहायता कक्षबाट अर्को सहयोग भनेको गर्भवती महिलाहरुलाई पहिचान गरी उनीहरुलाई डेलिभरीको समयमा अस्पतालसम्म पुर्याउन समन्वय गरिरहेको छ ।
‘विभिन्न भाषामा भिडियो सूचना सन्देश’
नेपालका विभिन्न मातृभाषाहरुमा कोरोनाबाट बच्ने उपाय र चेतनाबारे विवेकशीलले भिडियो सन्देश बनाउँदै गइरहेको छ । अहिलेसम्म नेपाली, अंग्रेजी, नेवारी, तामांग, मैथली, भोजपुरी, चौधरी र डोट्याली भाषामा भिडियो सन्देशहरु सार्वजनिक गरेको छ ।
‘प्रदेशस्तरीय चिकित्सक टोली र परदेशमा समन्वय’
विवेकशीलले प्रदेशनं १, २, ३, ४, ५ मा चिकित्सकहरुको टोली बनाई विरामीले सिधै सम्पर्क गर्न सक्ने गरि चिकित्कहरुको सम्पर्क सार्वजनिक गरेको छ । विदेशमा खासगरी कतार र साउदी अरबमा त्यहाँस्थित कामदारको जाँच गर्न त्यहाँका सरकार र नेपाली नियोगहरुसँग समन्वय गरिरहेको छ ।
यसबाहेक पनि सचेतना, सावधानी र समस्या समाधानमा सरकारी कदमहरुमा साथ दिँदै सहयोग गर्न विवेकशील सकृय रहेको विवेकशील कोरोना भाइरस रोकथाम तथा समन्वय समितिले जनाएको छ ।
दलले आमनागरिकहरुलाई सचेत रहन र सरकारी निर्देशहरुको पालना गर्न आव्हाहन गरेको छ भने सरकारलाई युद्धस्तरमा काम अघि बढाँउदै न्युन आय भएका नागरिकको गाँसबाँसका लागि प्याकेज ल्याउन आग्रह गरेको छ ।