कोरोनाको आशंका गरिएका तीन नेपालीको मृत्यु, रिपोर्ट आउन बाँकी

कोरोनाका संक्रमणको आशंका गरिएका तीन जना नेपालीको सोमबार राजधानीमा मृत्यु भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो भने वीर अस्पतालमा एक महिला र अर्का एक भारतीय नागरिक पुरुषको मृत्यु भएको हो । उनीहरु सबैको रिपोर्ट आउन केही समय लाग्ने उनले बताए ।



सम्बन्धित समाचार