कोरोना सर्ने डरले वडा सचिवले घरबाट नर्सलाई निकालेपछि….

दाङको घोराहीमा एकजना वडा सचिवले आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरवाट निकालेपछि प्रहरीले घरवेटिलाई पक्राउ गरेको छ ।

कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरवाट निकालेको खुल्न आएपछि जिल्ला प्रशासन कार्यालय दाङले घरवेटिलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको थियो ।



दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपि जनक भट्टराइले स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि चासो ब्यक्त गर्दै डेराबाटै नर्स निकालेको आरोपमा घरवेटि घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यले पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रहरीले घरवेटी आचार्यलाई समातेर ल्याइसकेको र कानुन वमोजिम कारवाही हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस कोभिड १९ का कारण यो सामाग्री तयार पार्दासम्म विश्वभर ३८ हजार ७ सय २० को मृत्यु भएको छ । ७ लाख ९९ हजार ६ सय ७७ जना संक्रमित भएका छन् । १ लाख ६९ हजार ९७४ जना निको भएर घर फर्किएका छन् । यो महामारीले सिंगो विश्व प्रभावित पारेको छ ।

सबैभन्दा धेरै ईटलीमा एघार हजार पाँच सय ९१ जना मानिसको मृत्यु भएको छ । त्यसपछि स्पेनमा ८ हजार एक सय ८९ जनाको मृत्यु भएको छ । आजमात्रै स्पेनमा ४ सय ७३ जना मृतक थपिएका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले अघिल्लो मंगलवारबाट देशभर लकडाउन गरेको छ ।

सम्बन्धित समाचार