भारतको बरेलीमा मंगलावार एकै परिवारका ५ जनामा कोरोना भाइरस पोजेटिभ पाइएको छ । बरेलीमा बस्दै आएका एकै परिवारका ५ सदस्यहरुमा कोरोना पोजेटिभ पाइएपछि गाउँ नै त्रसित बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस कोभिड-१९ का कारण यो सामाग्री तयार पार्दासम्म विश्वभर ३८ हजार ७ सय २० को मृत्यु भएको छ ।
७ लाख ९९ हजार ६ सय ७७ जना संक्रमित भएका छन् । १ लाख ६९ हजार ९७४ जना निको भएर घर फर्किएका छन् । यो महामारीले सिंगो विश्व प्रभावित पारेको छ ।
सबैभन्दा धेरै ईटलीमा एघार हजार पाँच सय ९१ जना मानिसको मृत्यु भएको छ । त्यसपछि स्पेनमा ८ हजार एक सय ८९ जनाको मृत्यु भएको छ ।
आजमात्रै स्पेनमा ४ सय ७३ जना मृतक थपिएका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले अघिल्लो मंगलवारबाट देशभर लकडाउन गरेको छ ।