एक हजार भन्दा बढी हात्ती भोकमरीको चेपटामा

थाइल्याण्डमा एक हजार भन्दा हात्ती भोकमरीको चेपटामा परेका छन् । कोरोना भाइरसको महामारीका कारण पर्यटक आउने क्रम रोकिएपछि पर्यटनसँग जोडिएको अर्थतन्त्र धरासायी हुँदा हात्तीलाई खाद्यान्नको जोहो गर्न कठीन भएको हो ।

पर्यटक शून्य प्राय हुँदा हात्तीका माउतेहरुलाई आहारा जुटाउन समस्या भएको संरक्षणविदले बताएका छन् । थाइल्याण्डमा हाल चार हजारको हाराहारीमा घरपालुवा हात्ती छन् । एउटा हात्तीलाई दिनमा दुई सय किलो खाद्यान्न चाहिन्छ ।



थाइल्याण्डमा हालसम्म १७ सय ७१ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म १२ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

सेभ एलिफेन्ट फाउन्डेसनका संस्थापक लेक चेइलर्टले समस्यामा परेका हात्तीका लागि तत्काल सहयोग जुट्ने सम्भावना नदेखिएको बताएका छन् । भोकमरीको चपेटामा परेका केही हात्ती गर्भवती पनि छन् ।

सम्बन्धित समाचार