अहिले विश्व नै कोरोना भाइरसबाट आक्रान्त छ। अप्रिल १ सम्म यो भाइरसको संक्रमणपछि विश्वमा ४२ हजार भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। झण्डै ९ लाख मानिसल यो भाइरसबाट संक्रमित छन्।
यो भाइरसको संक्रमणबाट जोगिनको लागि विश्वभर नै मानिसहरुलाई एक अर्काको सम्पर्कमा आउन नदिनको लागि लक डाउनको व्यवस्था गरिएको छ। हाम्रो छिमेकी देश भारत पनि लकडाउनको अवस्थामा छ।
भारतका चर्चित अभिनेता अनुपम खेरले लकडाउनले हामीलाई हाम्रो अस्तित्वको बुझाएको प्रतिक्रिया दिएका छन् । उनले ट्वीटरमा एक भिडियो मार्फत अचानक हाम्रो जीवमा केही कुराको पनि मूल्य नरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘याद गर्नु भएको छ रु कुनै उपलब्धि होस् अथवा केही। म सँग यति कमिज छ, मसँग यति कोट छ, मसँग यो छ, त्यो छ । म यो कुराको तयारी गरिरहेको छु। हेर अब म यो गरेर देखाउँछु। म मेरो कक्षामा फस्ट हुन्छु। यो सबै बेइमानी जस्तो लागिरहेको छ ।’
अनुपम अगाडि भन्छन्, ‘मसँग गाडी छ, बंगला छ तिमीसँग के छ रु म सँग त आमा पनि छैनन्, भाईको घरमा बस्नुहुन्छ । हेर्नुहोस् त कसरी सबैकुरा काम नलाग्ने भए रु हामी मात्र केही हौँ – शून्य।
हाम्रो दिमाग खराब भएको थियो। त्यसैले हामीले यो बुझ्न जरुरी छ । हामी अहंकारको चरम सिमासम्म पुगिसकेका थियौँ। हाम्रो अहंकारको सीमा थिएन, आफूलाई भगवान ठान्न थालेका थियौँ। मान्न थालेका थियौँ । आए सबै आफ्नै औकातमा आए, जमिनमा आए।
आफ्नै घरमा डराएर बसेका छन्।’
खेरले उनको मतलब कसैलाई चिन्तित पार्नु, कमजोर बनाउनु नहरहेका बताएका छन् । अहिलेको स्थितीलाई उनले ‘अमृत मन्थन’ को संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘यसबाट विष पनि निस्कन्छ, अमृत पनि निस्कन्छ । जब अमृत निस्किन्छ, विष जान्छ तब आफूले आफूलाई भगवान नठानौँ, आफ्नो आसपासका मानिसको इज्जत गरौँ ।
https://twitter.com/AnupamPKher/status/1244514443788046336?ref_src=twsrc^tfw|twcamp^tweetembed|twterm^1244514443788046336&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2020%2F04%2F01%2F334696%2F