स्पेन र बेलायतमा एकै दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च

स्पेनमा कोरोना भाइरसका कारण एकै दिनमा मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मकै उच्च ८६४ पुगेको छ । युरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघिसकेको छ। स्पेनमा मात्रै अहिलेसम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ जुन युरोपेली मुलुकमा इटलीपछि दोस्रो हो।

स्पेनमा एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला नयाँ सङ्क्रमितको सङख्या भने निरन्तर घट्दै गएको जनाइएको छ ।



बेलायतमा पनि एकदिनमा अहिलेसम्मकै उच्च मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बेलायतमा ५६३ जनाको मृत्यु भएको छ । बेलायती स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म दुई हजार ३५२ कोरोना संक्रमित भएका छन् ।

त्यसैगरी चार हजार ३२४ जनाको पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमित फेला परेका छन् । बेलायतमा नयाँ संक्रमितसँगै जम्मा संक्रमितको संख्या २९ हजार ४७४ पुगेका छन् ।

सम्बन्धित समाचार