अष्ट्रेलियामा ९० दिनको लकडाउन घोषणा

अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । यहाँ २३ जनाको मृत्यु भइसकेको छ । न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । साथै पुलिसले लकडाउनको नियम तोड्नेमाथि जरिवाना पनि तोकिदिएको छ । नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्नेछ ।

संक्रमण विश्वका २०३ देशमा फैलिएको छ । संक्रमितको संख्या ९ लाख ३५ हजार १ सय ८९ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ ।



कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छ । जहाँ २ लाख १५ हजार ३ जना संक्रमित हुँदा ५ हजार १ सय २ जनाले ज्यान गुमाएका छन् । त्यस्तै मृत्यु इटालीमा सबैभन्दा बढी छ । १ लाख १० हजार ५ सय ७४ जना संक्रमित हुँदा इटालीमा १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ४ हजार १ सय १८ संक्रमित हुँदा ९ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार