कोरोना भाइरसको संक्रमणबाट सोमालियाका पूर्व प्रधानमन्त्री नूरहसन हुसेनको मृत्यु भएको छ ।
८३ वर्षका पूर्व प्रधानमन्त्री हुसेनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमण देखिएपछि बेलायतको लन्डन अस्पतालमा भर्ना भएका उनको कोरोना पोजेटिभ देखिएको पाँचौ दिनमै मृत्यु भएको हो ।