लकडाउन उल्लंघन गरे गोली हान्न फिलिपिन्सका राष्ट्रपतिको आदेश

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले कोरोना संक्रमण रोक्न जारी गरिएको लकडाउनको उल्लंघन गर्नेलाई व्यक्तिलाई गोली हान्ने चेतावनी दिएका छन् ।

कोरोना (कोभिड १९) भाइरस त्रासको समयमा हाल फिलिपिन्स एक महिनाको लागि लकडाउन गरिएको छ । यसबीचमा लकडाउनको उल्लंघन गरेर सरकारको नियमलाई बाधा पुर्‍याउने जोकोहीलाई गोली हानिने डुटेर्तेले बताएको अलजाजिराले उल्लेख गरेको छ ।



डुटेर्तेले आफूले प्रहरीलाई गोली हान्ने आदेश दिइसकेको बुधबार एक टेलिभिजन सम्बोधनका क्रममा बताएका हुन् । ‘लकडाउन उल्लंघन गरेर सरकारलाई चुनौती नदिनुहोस्, तपाईहरु हार्नु हुनेछ ।’ सम्बोधनका क्रममा डुटेर्तेले भनेका छन्, ‘स्वास्थ्यकर्मी डाक्टर कसैलाई पनि हानी हुने किसिमको कार्य पनि नगरौं ।

किनभने त्यो गम्भीर अपराध हो, यदि कसैले अवरोध सिर्जना गरे उनीहरुको जीवन खतरामा पर्नेछ । मैले गोली हान्न आदेश दिएको छु ।’ अहिलेसम्म फिलिपिन्समा कोरोना भाइरसबाट ९६ जनाको ज्यान गएको छ भने दुई हजार ३११ जना संक्रमित छन् । लकडाउनयता फिलिपिन्समा सयौं लागूऔषधी व्यापारी र लागूऔषध प्रयोगकर्तालाई गोली हानेर हत्या गरिएको छ ।

सम्बन्धित समाचार