विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले देश ‘लकडाउन’ गरेको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर विभिन्न विधाका पूर्व निर्धाति परीक्षाहरू पनि स्थगित भएका छन् । तर ‘लकडाउन’को बेलामा पनि घरमै बसेर आफूलाई उपयोगी हुने कक्षा भिडियोमार्फत् तयारी गर्न सकिने गरी ‘ओटिस’ आइटीले अनलाइन तयारी कक्षामा सहुलियत दिने भएको छ ।
संस्थाले www.ottish.com नामको अनलाइन प्लेटफर्म मार्फत् विभिन्न विधाका अनलाइन तयारी कक्षाहरु प्रदान गर्दै आइरहेको छ । कम्पनीले लोकसेवा तयारी कक्षा, चार्टर्ड एकाउन्टेंन्सी तयारी कक्षा साथै ईपीएसअन्तर्गतका कोरियन भाषा तयारी कक्षाहरूमा भारी छुट तथा सहुलियतको घोषणा गरेको छ ।
संस्थाका सस्थापक निर्देशक सिए प्रदीप सिग्देलका अनुसार यस्तो परिस्थितिमा संस्थाले लोकसेवा तर्फका सम्पूर्ण पत्रहरूको तयारी कक्षामा २५ प्रतिशत र सिएको तयारी कक्षामा २० प्रतिशत छुटको व्यवस्था गरेको हो ।
संस्थाले प्रदान गरेका तयारी कक्षाहरूको शुल्कबाहिर ट्युसन इन्स्टिच्युटहरुले लिने शुल्कभन्दा ७५ प्रतिशत न्युन रहेको दाबी गरेको छ ।
साथै ‘ओटिस’ ले लोकसेवा अन्तर्गत खरिदार तहको तयारी गरेर बसिरहेकालाई मध्यनजर गर्दै महिला, दलित, अपांगत, जनजाती, मधेसी, दुर्गम क्षेत्रका जेहेन्दार तथा गरिब विद्यार्थीहरूलाई जीके र आईक्यू खण्डका अनलाइन तयारी कक्षाहरू निःशुल्क प्रदान गर्नुका साथै छात्रावृत्तिका लागि दरखास्त आव्हान पनि गरेको छ ।
योजनाअन्तर्गत गरिब तथा जेहेन्दारमध्येबाट २ जना, दलित तथा जनजातीमध्येबाट २ जना , अपाङ्गमध्येबाट २ जना, दुर्गम क्षेत्रको लागि २ जना, मधेसी समुदायको लागि १ जना र महिलामध्येबाट १ जना गरी जम्मा १० जनालाई प्रदान गरिनेछ । विद्यार्थीहरूले एसईईको मार्कसिट र नागरिकताको प्रतिलिपिसहित चैत २५ गतेसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।