फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ ।
यता संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय ६१ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ । ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएका छन् । हालसम्म यहाँ १ लाख १२ हजार ६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ हजार ९२ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा संक्रमणका कारण एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ । एकैदिन २९ हजार ६ सय ७८ संक्रमित भेटिएसँगै हालसम्म संक्रमितको कूल संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ । यो संसारकै सबैभन्दा धेरै संक्रतिको संख्या हो ।