लकडाउन उल्लङ्घन गर्ने चार सय ८५ जना बिहानै नियन्त्रणमा

काठमाडौं उपत्यकामा शुक्रबार लकडाउन उल्लङ्घन गर्ने चार सयभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट चार सय ६८ जना र ललितपुरबाट १७ जना गरी चार सय ८५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला अत्यावश्यक काम नपरि निस्किएका भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अब सोधपुछ गरेर अति आवश्यक कामका लागि हिँडेको भए छाडिने नत्र केही बेर नियन्त्रणमा लिएर अब त्यसो नगर्न सम्झाउने अनि जताबाट आएको हो उतै फर्काउने प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार ६ वटा चार पाङ्ग्रे सहित ८२ वटा गाडी पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ ।

सम्बन्धित समाचार