कोरोनाको प्रकोपबाट ककनी गाँउपालिका पनि त्रसित

विश्वमा फैलिएको कोरोना भाइरसको प्रभावबाट ककनी गाँउपालिका–२ पनि प्रभावित हुन सक्ने जोखिम बढेको छ । हालसम्म यस क्षेत्रमा कोरोना संक्रमित नभेटिए पनि कामको खोजी या पढाइको सिलसिलामा विदेशिएका युवाहरू स्वदेश फर्केने क्रम बढेसँगै कोरोना भाइसर फैलिन्छ कि भन्ने डरले स्थानीयहरू त्रसित बनेका हुन् ।

सरकारले घोषण गरेको लक डाउनसँगै यहाँका स्थानीयबासीहरू पनि होम क्वारेन्टाइनमा बसेका छन् । देशमा तीन तहको सरकार बनेको छ । अधिकार सम्पन्न स्थानीय निकाय छ, तर विपत्को बेला गाँउमा सुरक्षाको आभास हुन सकिरहेको छैन ।



स्थानीय तहले जुन रूपमा भूमिका निभाउनु पर्ने थियोे, त्यस रूपमा जनप्रतिनिधिहरूले भूमिका निर्वाह गर्न नसकेको भनी स्थानीयबासीले दुखेसो गरेका छन् । उनीहरूले विश्वब्यापी महामारीले निम्त्याएको विपत्को अवस्थामा आफ्नो क्षमताअनुसारको काम गर्न नसकेको भनी आक्रोस पनि व्यक्त गरेका छन् ।

कतिपय स्थानहरूमा दलगत प्रभावका आधारमा काम हुने गरेको पनि स्थानीयबासीको आरोप छ । सबै सार्वजनिक स्थलहरूमा साबुन पानीले हात धुने व्यवस्था गर्न नसकेको, स्यानीटाइजर, माक्स तथा साबुनजस्ता आधारभूत सामग्रीको वितरण पनि व्यवस्थित गर्न नसकेको तथा स्थानीय वडा अध्यक्ष सबै वडाबासीका लागि निष्पक्ष हुन नसकेको आरोपसमेत नाम नबताउने सर्तमा एक स्थानीयबासीले बताए ।

सम्बन्धित समाचार