बाबुरामको प्रश्न-‘सेना अख्तियारको दायरामा पर्दैन भनेर स्वास्थ्य सामग्री खरिदको जिम्मा दिन खोजिएको हो ?’

नेपाली सेनामार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको तयारीप्रति पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् । अघिल्लो सम्झौता रद्द गरेको सरकारले सेनामार्फत स्वास्थ्य सामग्री ल्याउने तयारी अघि बढाएलगत्तै भट्टराईले त्यसप्रति आपत्ति जनाएका हुन् ।

वाणिज्य तथा आपूर्तिसम्बन्धी निकाय हुँदाहुँदै सेनालाई अघि सारिएकोमा भट्टराईले असन्तुष्टि जाहेर गरेका छन् । कोरोना भाइरस बन्दुक र गोलीले नमारिने टिप्पणी भट्टराईको छ ।



भट्टराईले ट्विटरमा लेखेका छन् -‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला ! अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला ? के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन्, जी-टू-जी विधिबाट पहिल्यै किन नल्याएको ? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?’

सम्बन्धित समाचार