फ्रान्समा कोरोनाको कारण एकैदिन १३ सय ५५ जनाको मृत्यु !

चीनको वुहानबाट गत डिसेम्बर अन्तिम साता सुरु भएको भनिएको कोरोना भाइरस कोभिड १९ को कारण विश्व त्रसित छ । कोरोना भाइरसको उद्गमस्थल वुहान सहर यतिबेला बौरिँदै छ । तर ईटली, अमेरिका, फ्रान्समा यसको प्रभाव नराम्ररी देखिन थालेको छ ।

फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ ।



कोरोनाको प्रकोपबाट विश्वका कुनै पनि देश अछुतो छैनन् । अहिलेसम्म विश्वका २०४ देशहरुमा कोरोना भाइरसको महामारी फैलिइसकेको छ । कोरोनाको महामारीबाट यो समाचार तयार पार्दासम्म विश्वभरमा ५३ हजार १ सय ९० जनाले ज्यान गुमाइसकेका छन् भने १० लाख १५ हजार ४ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

त्यस्तै २ लाख १२ हजार २ सय २९ जना उपचार पछि निको भएका छन् । विश्वभरि कोरोनाका संक्रमितहरु भने अहिले ७ लाख ५० हजार ४७ रहेका छन् । त्यस्तै अहिलेसम्मका संक्रमितहरु मध्ये २ लाख ६५ हजार ४ सय १९ वटा केस भने बन्द भईसकेका छन् ।

बन्द भईसकेकामध्ये ५३ हजार १ सय ९० जनाको ज्यान गईसकेको छ भने २ लाख १२ हजार २ सय २९ जना निको भईसकेका छन् । त्यस्तै विश्वभरमा ३७ हजार ६ सय ९६ जना संक्रमितहरुको अवस्था गम्भिर रहेको छ । उद्गमस्थलमा क्रमिक रुपमा संक्रमित घट्दै गएका छन् । मृत्युदरमा एकाएक कमी आइरहेको छ । उता छिमेकी मूलुक भारतमा संक्रमित बढीरहेका छन् । यो सामाग्री तयार पार्दासम्म भारतमा कोरोनाका कारण मर्नेको संख्या ७२ पुगेको छ भने संक्रमित २५ सय ४३ पुगेको छ ।

कोरोनाको पछिल्लो समयमा अमेरिका, इटाली, स्पेन, ब्रिटेन, जर्मनी, फ्रान्स, ईरान, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी अति प्रभावित बनेका छन् । यसैबीच सबैभन्दा प्रभावित देश इटालीमा अहिलेसम्म कोरोनाका कारण १३ हजार ९१५ जनाको ज्यान गएको छ । साथै १ लाख १५ हजार २४२ जनामा कोरोनाको संक्रमण भेटिएको छ । त्यस्तै भाइरसबाट उपचार पछि १८ हजार २ सय ७८ जना निको भएका छन् । त्यस्तै इटालीमा ४ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बिहीवार मात्रै कोरोना भाइरसका कारण इटालीमा ७६० जनाको ज्यान गएको छ भने बिहीवार नै ४ हजार ६६८ जना नयाँ संक्रमित फेला परेका छन् । आज मात्रै यो समाचार तयार पार्दासम्म भाइरसको संक्रमणबाट अमेरिकामा थप ५ जनाले ज्यान गुमाईसकेका छन् भने आजैमात्र थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीवार मात्रै अमेरिकामा ९६५ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म अमेरिकामा २ लाख ४५ हजार ६६ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये १० हजार ४ सय ३ जना उपचार पछि निको भईसकेका छन् ।

त्यस्तै मृत्यु भईसकेका र उपचार पछि निको भएका लाई छोडेर अमेरिकामा अहिले एक्टिभ रहेका केशहरु भने २ लाख २८ हजार ५ सय ८८ रहेका छन् । त्यस्तै अमेरिकामा महामारीको संक्रमणबाट ५ हजार ४ सय २१ जना संक्रमितको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित समाचार