ट्रम्पको आशंका : चीनले गलत तथ्यांक प्रस्तुत गर्यो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा आशंका गरेका छन् । अमेरिकी सांसदहरुले एक खुफिया रिपोर्टलाई उद्धृत गर्दै चीनले ढाकछोप गरेको बताएपछि ट्रम्पले विश्वसनीयतामाथि प्रश्न उठाएका हुन् । ‘उनीहरु सही नै छन् भनेर हामी कसरी थाहा पाउँछौँ,’ ट्रम्पले पत्रकार सम्मेलनमा सोधेका छन् ।

चीनको संख्या थोरै भएजस्तो देखिने भन्दै ट्रम्पले विश्वसनीयतामाथि प्रश्न गरेका हुन् । यद्यपि ट्रम्पले चीन र चिनियाँ राष्ट्रपतिसँग सम्बन्ध राम्रो भएको जिकिर गरे । चीनका अनुसार ८२ हजार ३ सय ६१ संक्रमित हुनुका साथै ३ हजार ३ सय १६ को मृत्यु भइसकेको छ ।



जब कि, अमेरिकामा २ लाख ६ हजार २ सय ७ जना संक्रमित भइसकेका छन् । साथै ४ हजार ५ सय ४२ को मृत्यु भइसक्यो । अमेरिकी रिपब्लिकन विधायक बेन सासले चीनको तथ्यांकलाई ‘फोहोर प्रचारवाजी’को संज्ञा दिएका छन् । उनी कोरोना भाइरसबाट चीनमा भन्दा अमेरिकामा धेरै मृत्यु नभएको दावी गर्छन् । साथै चीनले गलत तथ्यांक पेश गरेको भन्दै अमेरिकी अन्य नेताहरुले पनि आरोप लगाएका छन् ।

सम्बन्धित समाचार