आज मध्यरातदेखि पर्यटकको उद्धार बन्द

लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका विभिन्न देशका पर्यटक उद्दारको काम आजबाट बन्द हुने भएको छ । आज राति १२ बजेबाट पर्यटको उद्दारको काम रोकिन लागेको हो । आज राति १२ बजेपछि पर्यटकहरु जहाँ छन् सामान्य अवस्था नभएसम्म त्यही बस्नु पर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन बोर्डका अनुसार देशका विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आउने क्रम जारी रहेको छ । यसैबीच शुक्रवार (आज ) लुक्ला र फाप्लुबाट २८ जना पर्यटकको उद्धार गरि काठमाडौं ल्याइएको छ भने आजै पोखराबाटसमेत दुई वटा बसमा पर्यटकरु काठमाडौं आइरहेका छन् ।



काठमाडौं आएका पर्यटकलाई भने सम्बन्धित देशको समन्वयमा उद्धार गरिने पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १ हजार ७०८ जनाको उदधार गरिएको छ ।

सम्बन्धित समाचार