भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान देशवासीको नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले आगामी आइतबार (अप्रिल ५) राति ९ बजे सम्पूर्ण नागरिकलाई ९ मिनेटसम्म घरको बत्ती बन्द गर्न आग्रह गरेको छन् ।
उनले कोरोना भाइरसको अन्धकारलाई हटाउनका सबै नागरिकले एकसाथ घरको बिजुली बत्ती निभाएर मैनबत्ती, दियो टर्च वा मोबाइलको फ्ल्यास लाइट बाल्न आग्रह गरेका छन् । साथै उनले उक्त समयमा कोही पनि घरबाहिर ननिस्कन र सोशल डिस्टेन्सको पालना गर्नसमेत आग्रह गरेका छन् ।
अन्धकारमय कोरोनालाई हराउनको लागि देशमा प्रकाश फैलाउन आवश्यक रहेको भन्दै उनले यसबाट १ सय ३० करोड देशवासीको संकल्पलाई नयाँ उचाईमा लैजानका बताएका छन् ।
केही समयअघि प्रधानमन्त्री मोदीले देशवासीका नाममा सम्बोधन गर्दै देशभर जनता कफ्र्यु लगाएका थिए भने अहिले भारतमा २१ दिनको लकडाउन चलिरहेको छ ।