पछिल्लो २४ घण्टामा अमेरिकामा १३२० र फ्रान्समा ११२० जनाले ज्यान गुमाए

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिका र फ्रान्समा तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ३९१ पुगेको छ । अमेरिकामा एकैदिन ३२ हजार ०८८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १२ हजार २८३ जना उपचारपछि निको भएका छन् । ५ हजार ७८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २ लाख ५७ हजार २९१ जना उपचाररत छन् ।



कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार १२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ५०७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ६४ हजार ३३८ जना पुगको छ । जसमा एकैदिन ५ हजार २३३ जना संक्रमित भएको जनाइएको छ । फ्रान्समा संक्रमितमध्ये १४ हजार ८ जना उपचारपछि निको भएका छन् । ६ हजार ३९९ जनाको अवस्था गम्भीर छ भने ४३ हजार ८२३ उपचाररत छन् ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार १४० पुगेको छ । संक्रमितको संख्या विश्वमा १० लाख ९७ हजार ८१० पुगेको छ ।

सम्बन्धित समाचार