लकडाउनका कारण पीडित विपन्न परिवारलाई राहत वितरण

कोरोना भाइरसको विश्वव्यापी महामारी बढेसँगै नेपाल सरकारले हाल देशलाई पूर्ण रूपमा लकडाउन गरेको छ । अहिले दिनभर ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई बिहान बेलुका छाक टार्न समस्या हुन थालेको छ । समस्या आएसँगै त्यस्ता विपन्न परिवारका लागि सहयोगी हातहरू पनि अगाडि बढ्न थालेका छन् ।

जापानमा लामो समयदेखि होटल व्यावसाय गर्दै आएका गलकोट नगरपालिका ७ मल्म सुन्तलारूखका दुर्गाबहादुर थापा र धर्मपत्नी सकुन केसी थापाको परिवारले वडाभित्रका विपन्न, ज्याला मजदुरी गर्ने र दलित परिवारलाई प्रति परिवार १ बोरा चामल, नुन र तेल्ऽ सहयोग गरिएको थापाका बुबा श्यामबहादुर थापाले जानकारी दिए ।



थापाले १ सय ५५ घरपरिवारलाई १ लाख ७० हजारको राहत सामाग्री सहयोग गरेका हुन् । थापाले विपतको यो घडीमा विपन्न परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी खाद्यान्न सहयोग गरेको बताए । स्थानीय संघ, संस्था विद्यालय, मठ मन्दिर र सामाजिक क्षेत्रमा थापा परिवारले पहिलेदेखि नै आर्थिक भौतिक सहयोग गर्दै आएको छ । राहत वितरण अभियानमा वडा अध्यक्ष टीकाबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी गलकोट नगर सदस्य छुमबहादुर थापा, नगर सदस्य रूद्र केसी, वडा कमिटी सचिव हुमबहादुर बस्नेत, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, सदस्य भुमिराज थापाको उपस्थिती रहेको थियो ।

गल्ऽकोट नगरपालिका ७ को वडा कार्यालयको समन्वय तथा घुम्टे युवा परिवारको सहकार्यमा उक्त राहत सामाग्री सहयोग गरिएको यस अभियानका समन्वयकर्ता समाजसेवी खडकबहादुर थापाले बताए । संकटको यस समयमा घरमै राहत ग्रहण गरेपछि आफूहरू खुसी भएको स्थानीय श्रीप्रसाद रानाले बताए । यसले आफूहरूलाई ठूलो राहत मिलेको भन्दै राहत प्राप्त विपन्न परिवारले सहयोगी थापा परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सम्बन्धित समाचार