धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन् । धनगढीमा दुबईबाट दिल्ली हुँदै आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनकै आफन्त महिलालाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यसअघि कोरोना भाइरसको संक्रमण भएका सबै केसहरु बाहिरबाट आएका महिला तथा पुरुषहरु थिए ।
बाहिरबाट आएको केसलाई पहिलो चरणको संक्रमण मानिन्छ भने उनीहरुले नेपालमा आएर नयाँ बिरामीमा संक्रमण फैलियो भने त्यसलाई दोस्रो चरणको मानिन्छ ।
बाहिर नगएकी महिलालाई पहिलोपटक नेपालमा कोरोना भाइरसको संंक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार कैलालीका दुई र कञ्चनपुरका एकमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो।