विश्वका २०६ देशमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६७८ पुगेको छ । यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १२ लाख १ हजार ४७३ पुगेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । २४ घण्टामा थप ३४ हजार १९६ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ८ हजार ४५२ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार ४८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ३६२ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६८१ जनाको मृत्यु भएको छ। त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।