आज पनि अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिक लग्दै

अमेरिकाले आइतबार पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाँदै छ । कतार एयरलाइन्सको चार्टर्ड विमान नेपालमा रहेका अमेरिका नागरिक लिन केही समयमा त्रिभुवन अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै छ ।

अमेरिका जानेमा केही नेपाली मुलका अमेरिकी पनि छन् । अमेरिकाले दोस्रोपटक नेपालबाट आफ्ना नागरिक लैजान लागेको हो । कोरोना भाइरसको महामारी र नेपालमा जारी लकडाउनका कारण विभिन्न देशले नेपालबाट आफ्ना नागरिक लगिरहेका छन् ।



अस्ट्रेलिया, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्सलगायत देशले नेपालबाट आफ्ना नागरिक ओसारिसकेका छन् । नेपालले भने विदेशमा रहेका आफ्ना नागरिक आउनमा प्रतिबन्ध लगाएको छ । भारतबाट मजदुरी गरेर फर्किएका हजारौँ नेपाली सिमापारि आएर अड्किएका छन् ।

सम्बन्धित समाचार