वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मृत ! आखिर के हो कोरोना ?

कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरससँग लड्नको लागि बिभिन्न देशका वैज्ञानिकहरु दिन रात खटिरहेका छन् ।

भाइरसविरुद्धको ‘टिका’ बनाउन वैज्ञानिक र डाक्टरहरु अहोरात्र खटिएका छन् । तर अहिलेसम्म कोरोना भाइरसको औषधी भने बन्न सकेको छैन । तर शोधहरुले भने कस्तो सावधानी अपनाउँदा हामी कोरोनको शिकार बन्नबाट बच्छौँ भन्ने बारेमा पत्ता लगाएका छन् ।



हालैमात्र भएको एक शोधमा कोरोना भाइरसलाई लिएर अचम्मित बनाउने खुलासा भएको छ । त्यसको बारेमा जानकारी तपाईले जानि राख्न अति आवश्यक रहेको छ ।

शोधले सारा विश्वका लागि महामारीको रुप लिएर हजारौँ मानिसहरुलाई दिनानुदिन आफ्नो शिकार बनाईरहेको कोरोना भाइरस कुनै पनि जीवित जीव नभएको पत्ता लागाएको छ । तर कोरोना भाइरस एक प्रकारको प्रोटिन मलीक्युल अर्थात्९डिएनए० रहेको कुरा शोधबाट वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

उक्त लिपिड (फ्याट वा बोसो) को छालाले घेरिएको हुन्छ । यो जब आँखा, नाक वा एक प्रकारको मुख क्यान्सर (बुक्कल म्युकेसा) मा सर्दछ तब यसले जेनेटिक कोडलाई परिवर्तन गरिदिन्छ र मील्टिप्लायर सेल्समा बदलिदिन्छ ।

मानिसहरुको शरीरमा पुग्दै उक्त संक्रमण आफूलाई तीव्र गतिले ‘जेनरेट’ गर्न थाल्छ । तर यो भाइरस कुनै जीव नभएर एउटा प्रोटिन ‘मलिक्युल’ भएको वैज्ञानिकहरुको दाबी रहेको छ ।

त्यसैले कोरोना भाइरस कहिल्यै नमर्ने शोधकर्ताहरुको दाबी रहेको छ । तर यो सत्य हो कि, कोरोना जब आफ्नो फैलिने ठाउँ पाउँदैन तब आफैँ नष्ट भएर जान्छ । यो नष्ट हुने कारण भनेको समय, तापक्रम, ह्युमिडिटीसँग आफै नष्ट भएर जाने शोधकर्ताहरुले दाबी गरेका छन् । यहाँबाटै थाहा पाइन्छ कि, कोरोना भाइरस कस्तो प्रकारको वस्तुमा सक्रिय हुन्छ र रहन्छ ।

सम्बन्धित समाचार