एका बिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ५ सय बढी प्रहरीको नियन्त्रणमा

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको आज १४औं दिन पनि लकडाउन उल्लंघनको क्रम रोकिएको छैन । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिंडडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ ।

आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्न १ हजार ५२० जनालाई काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



नियन्त्रणमा लिइएका मध्ये १ हजार १६९ पुरुष र ३५१ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै १३३ वटा सावरीसाधन समेत नियन्त्रणमा लिइएको जनाइएको छ ।

सम्बन्धित समाचार