भारतीय अभिनेता धर्मेन्द्रले मसाल बालेर गरे मोदीको समर्थन

चर्चित भारतीय अभिनेता धर्मेन्द्रले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको आह्ववानमा मसाल बालेका छन् । अप्रिल ५ का दिन अरु कलाकारले मैनबत्ती, दियो बाले पनि धर्मेन्द्रले भने मसाल बालेका हुन । अभिनेता धर्मेन्द्रले हातमा मसाल बोकेर हिड्दै गरेको एउटा भिडियो समेत बनाएका छन् ।

अभिनेता धर्मेन्द्रसँगै अमिताभ बच्चन, रजनीकान्त, अक्षय कुमार, कंगना रनौत, कार्तिक आर्यन, आलिया भट्ट, कट्रिना कैफ, रणदीप हुड्डा, अर्जुन कपूर, हेमा मालिनी, ईशा देओल लगायत बलिउडका सबै कलाकारहरुले प्रधानमन्त्री मोदीको उक्त अभियानमा भाग लिए र आफ्नो तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।



 

सम्बन्धित समाचार